राणा गाँउ सार्वजनिक भवनमा द्वारे सरकार शिविर

मिरिक। मिरिकको पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुईको साधारण मानिसहरूलाई सरकारी सुविधा प्रदान गर्ने उदेश्यले ग्राम पन्चायतको थर्बु चियाकमान राणा गाउँ सार्वजनिक भवनमा मंगलबार दैलोमा सरकार शिविर बस्यो। ग्राम पन्चायत सचिव योगेन्द्रप्रसाद गौतमले राष्ट्रपिता महात्मा गान्धीको फाेटाे अघि फूल, धुप चढाएपछि शुरू भएकाे दैलाेमा सरकार शिविर कार्यक्रममा विभिन्न विभागका अधिकारी,आगनवादी कर्मी, स्वनिर्भर दलका सदस्यहरू, मनरेगाका सुपर भाइजरहरू लगायत ग्राम पन्चायत क्षेत्रका धेरै मानिसहरूकाे सहभागिता रहेकाे थियाे। राज्य सरकारले आम जनता समक्ष सरकारी याेजना र सहुलियतहरू प्रदान गर्ने उदेश्यले शुरू गरेकाे दैलाेमा सरकार कार्यक्रम मिरिक महकुमाभरि गर्ने क्रममा मंगलबार थर्बु चियाकमानकाे राणा गाँउमा शिविर बसेकाे जसकाे लाभ ग्राम पन्चायत क्षेत्रका मानिसहरूले लाभ उठाएकाे ग्राम पन्चायत सचिव याेगेन्द्र प्रसाद गाैतमले बताए। तिनले शिविरमा स्वास्थ्य साथी कार्ड,राशन कार्ड, विभिन्न जातीय प्रमाण पत्र, भूमि सम्बन्धि कार्य, बृद्ध भत्ता, कन्याश्री, रूपश्री, कृषक बन्धु याेजना लगायत विभिन्न याेजनाहरूकाे सुविधा मानिसहरूलाई उपलब्ध गरिएकाे जानकारी गराँउदै मानिसहरूले शिविरमा उत्साहपूर्वक सहभागीता जनाएकाे बताए। तिनले ग्राम पन्चायतकाे अन्य ठाँउमा पनि दैलाेमा सरकार शिविर बस्ने जानकारी गराए। आजकाे शिविरमा थर्बु नन्दलाल गाँउका लाेक प्रसार विभागका कलाकारहरू पुनम राई, अनन्ता राई आदिले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *