पशुपति इलेभेन सेमिफाइनलमा

IMG_20221120_202729.jpg

२० नोभेम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। मञ्जु खेल मैदानमा आज भएको म्याचमा पशुपति इलेभेनले बुङकुलुंग एफसी-लाई ५-०-ले पराजित गऱ्यो। विजेता टीमबाट शेखर राईले ह्याट्रिक गरे। यसबाहेक अर्जुन गुरुङले २ गोल गरे। अब २६ नोभेम्बरमा खेलिने क्वार्टर फाइनलमा गोर्खा स्पोर्टिंग क्लब (नागरी) र कृष्ण सेभेन (गोपाल धारा)-बीच भिड़न्त हुनेछ।

यस सेभेन ए साइड टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १८ दिसम्बरमा खेलिनेछ। फाइनलको तारिख चाहिँ आयोजक समितिले घोषणा गरेको छैन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement