६ जना छोराछोरीलाई आमाले कुवामा फ्याँकेको आरोप

Kuwa

मुम्बई: महाराष्ट्रको रायगड जिल्लामा एउटा हृदय विदारक घटनामा एकजना आमाले सोमबार घरेलु झगडाका कारण आफ्ना ६ जना साना साना छोराछोरीलाई कथित रुपमा कुवामा फ्याँकेको भन्ने आरोप छ। मृत्यु हुनेमा पाँचजना बालिका रहेको पुलिसको भनाई छ। यो हृदय विदारक घटना मुम्बईबाट करिब १०० किलोमिटर टाढा महड तालुकको खारावली गाउँमा भएको एक अधिकारीले बताएका छन्। ३० वर्षीया महिलालाई पतिका परिवारका सदस्यले कुटपिट गरेपछि यो कदम चालेको उनले बताए। मृतक बालबालिकाको उमेर १८ महिनादेखि १० वर्षसम्म रहेको अधिकारीले बताए।

उता ठाणे जिल्लाको एक होटलमा ६ वर्षीया बालिका मृत फेला परेकी छिन् भने उनकी आमा बेहोस अवस्थामा फेला परेकी छन्। पुलिस ती महिला र उनका पतिले आत्महत्या गर्न सम्झौता गरेको आशंका गरेको छ। सोमबारको घटनापछि महिलाकी पति बेपत्ता भएको एक अधिकारीले मङ्गलबार बताए। मीरा रोड पुलिस स्टेशनका अधिकारीका अनुसार दम्पती ऋणमा थिए र छिमेकी पालघर जिल्लाको वसई क्षेत्रमा रहेको आफ्नो फ्ल्याट बेचेका थिए। रेयान र पुनम बराको छोरी अनक्यासँगै शुक्रबार मिरा रोड क्षेत्रमा रहेको होटलमा पुगेका उनले बताए। अधिकारीका अनुसार दुवैले आइतबार राति आफ्नी छोरीलाई विषाक्त खाना खुवाएपछि महिलाले पनि विष सेवन गरेको आरोप लागेको छ। महिलाले पतिलाई पनि विष दिएर उनले पनि खाएको उनले बताए। अधिकारीका अनुसार सोमबार दिउँसो १ बजे महिलाले छोरी चलमलाएको देखेपछि होटलका कर्मचारीलाई खबर गरिन्, त्यसपछि चिकित्सकलाई बोलाएर पुलिसलाई खबर गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *