कालचिनी – चियाबारी गाउँ बस्तीका गरीब मानिसहरूले बाहिर उपचार गर्न सामर्थ्य जुटाउन असमर्थ रहने कुरालाई मध्यनजर गर्दै कालचिनी ब्लक व्यावसायी समितिको आयोजनामा औ लायन्स क्लबको सहआयोजना एवम् कालचिनी ब्लक च्याम्बर्स अफ कमर्सको सहयोगितामा मेचपाड़ा चियाबारीस्थित एलएम प्रधान मेमोरियल स्कूल प्राङ्गणमा आइतबार निःशुल्क चिकित्सा शिविर सम्पन्न भयो। उक्त शिविरमा कालचिनी ब्लक व्यावसायी समितिको चेयरम्यान बालचन्द प्रसाद, डेपुटी चेयरम्यान कृष्णपद बासुबल, सभापति शम्भू जयसवाल, सचिव राकेश पाण्डे, कार्यकारी सभापति राजेश बान्ठिया, सिनियर उपसभापति आरडी पाण्ड्या एवम् विशिष्ट सदस्यहरू अशोक अग्रवाल, सुमित गोयल एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
शिविरमा आँखा, जेनेरल फिजिसियन, गाइनोकोलोजिस्ट चाइल्ड स्पेशलिस्टको उपस्थितिमा प्रायः २०० भन्दा अधिक रोगीहरूको जाँच सम्पन्न भएको आयोजक कमिटीको पक्षबाट कृष्णपद बासुबल र महिपाल सुब्बाले जनाएका छन्। शिविरमा लायन्स क्लबको पक्षबाट आँखा जाँचसहित चस्मा वितरण पनि गरिएको थियो भने आगामी दिनमा कालचिनी ब्लक व्यावसायी समितिको पक्षबाट कालचिनी, निमती, हाँसीमारा, दलसिंहपाड़ा र हेमिल्टनगञ्जकामा यसप्रकारको शिविरको आयोजना गरिने कालचिनी ब्लक व्यावसायी समितिको पक्षबाट कृष्णपद बासुबल, राकेश पाण्डे र सुनित गेयलले थप जनाएका छन्।










