बाग्राकोट – आज सङ्गीतकार स्व. कुमार सुन्दासको स्मरणमा बाग्राकोट टि.जी प्राथमिक पाठशालाको आयोजनामा स्कुलकै प्राङ्गणमा एउटा शोक सभाको आयोजना गरियो। सङ्गीतकार अतः समाजसेवी सिवी घलेले अध्यक्ष रहेको कार्यक्रममा अतिथिमा रुपमा साहित्यकार गोपालसिंह विश्व रहेका थिए। सर्वप्रथम स्व कुमार सुन्दासको तस्वीरमा दीप, धुप प्रज्ज्वलन गरेपछि एक मिनटको मौणधारण गरियो।

कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समितिका सचिव रबीन खवास, डुवर्सका गायक तथा चित्रकार अजय थापा, साहित्यकार गोपालसिंह विश्व, परिवारको पक्षमा रमन सुन्दास, आयोजकको पक्षमा प्रशान्त दियाली सबैले कुमार सुन्दासको व्यक्तित्व र सङ्गीत माथिको दक्षताबारे विचार पेश गरे। भुपेश शर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत वक्तव्य विद्यालयको शिक्षक प्रदिप मोक्तानले गरेका थिए भने, दिपक बुढाथोकीले स्व. कुमार सुन्दास सम्बन्धित कविता वाचन गरेका थिए।










