स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीले शुरु गऱ्यो ७२ घन्टे हड़ताल

2d6926a2-eea5-4683-ac30-28abe8e49f23

कालचिनी – लगातार चियाबारीमा कर्मरत स्टाफ एन्ड सबस्टाफहरूको वेतन वृद्धि लगायत अन्यान्य दाबीहरूलाई लिएर गैर राजनैतिक मञ्च अन्तर्गत स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा गेटसभा चल्दै आइरहेको क्रममा आजदेखि ७२ घन्टे हड़ताल शुरु भएको छ। आज यस क्रममा कालचिनी खण्डको मेचपाड़ा, भाटपाड़ा, भातखावा, राजाभात, अठियाबारी चियाबारीहरूमा स्टाफ सबस्टाफहरूले धरना प्रदर्शन साथै ७२ घन्टे हड़तालको शुरुवात गरेका छन्। हड़तालमा कमानको काम गर्ने श्रमिकहरूलाई कुनै बाधा नगरी मेडिकल र पानी सर्वराहको छुट दिइएको जोइन्ट कमिटीको नेताहरूले जनाएका छन्। आज हड़ताल प्रदर्शनको क्रममा स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको पक्षबाट मेचपाड़ा चियाबारीको नेतृत्वहरू कुमार थोकर, अमित बाक्ला, बाबलु लोहार, अमल लामा र अटलसिंह लामाले २०१४ सालदेखि स्टाफ सबस्टाफहरुको वेतन वृद्धि हुने झुटो आश्वासन दिँदै आईरहेको तमाम ट्रेड यूनियनमाथि भरोसा नभएर नै यो गैर राजनैतिक मञ्च स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको आह्वानमा आन्दोलन चलिरहेको र यसलाई जबसम्म मालिकपक्षले स्वीकृति दिँदैनन तबसम्म जारी रहने र पूर्वघोषित कार्यसूची अनुरुप आजदेखि ७२ घन्टे हड़ताल शुरू गरिएको जानकारी गराएका छन्।

 यद्यपि यता तृणमूल चियाबारी श्रमिक यूनियनका नेताहरूले उक्त हड़ताल नगर्ने किनकी आगामी २ जुनको दिन यसबारे त्रिपक्षीय बैठक हुने सकारात्मक सङ्केत पाएको बताउँदै आइरहे तापनि स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीले यसलाई अमान्य गर्दै २ जुनको दिन पनि कुनै निर्णायक सम्झौता नभए अनिश्चितकालीन हड़तालमा ओर्लिने जनाएका छन्। यता नर्थ बेङ्गल टी प्लान्टेशन एम्प्लोइज युनियनका महासचिव अभिजीत रायले स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको जुझारु आन्दोलनलाई नैतिक समर्थन रहेको र सम्पूर्ण चियाबारी श्रमिकहरूको स्वार्थमा न्युनतम रोजको आन्दोलनमा पनि स्टाफ एन्ड सबस्टाफ जोइन्ट कमिटीको मञ्चले साथ दिनु पर्ने जनाएका छन्। आन्दोलन र मतैक्य हुनै सक्छ तर अधिकारको लड़ाई गर्ने जुझारु उत्साहलाई नर्थ बेङ्गल टी प्लान्टेशन एम्प्लोइज युनियनको समर्थन रहेको अभिजीत रायले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *