तारा एयर दुर्घटना अपडेट: २२ जनाकै शव भेटियो

Tara-Air-Crash

काठमाडौं: आइतबार तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव भेटिएको छ। तारा एयरको ‘टुवीन् अटर नाइन एन-एइटी’ विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनाग्रस्त भएको थियो। विमानमा पाइलट दलका तीनजनालगायत २२ जना यात्री सवार रहेका थिए। विमान दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो। सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियोl नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका अझ १२ जनाको शव आज काठमाडौं ल्याइने बताएको छ। ‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गते (१६ मई) का दिन  काठमाडौं ल्याइएको र बाँकी रहेका १२ जनाको शव आज बिहान ८:३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइसकेको र उक्त शवहरु नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं ल्याइने क्रममा रहेको जानकारी गराइन्छ,’ प्राधिकरणले मङ्गलबार बिहान जारी गरेको विज्ञप्तिमा यसरी भनिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *