नेपाल चुनाव: १५ केन्द्रमा रोकियो मतदान

00-Nepal-Election-Commission

काठमाडौं: प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि आइतबार देशभरका १५ वटा केन्द्रमा मतदान रोकिएको छ। अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन: शुरु गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement