मारुती कारसँग टोटो ठोक्किँदा एक घाइते

IMG_20221120_171825.jpg

जलपाईगुडी: जलपाईगुडी सहरमा टोटोको चहलपहल बढ्दै गएको छ। आइतबार यात्रुले भरिएको टोटोले मारुती कारलाई ठक्कर दिएको थियो। दुर्घटनामा मारुती कारको सिसा फुटेको छ। एक महिला यात्रु घाइते भएकी छन्। उनी मुस्किलले बाँचेको एक प्रत्यक्षदर्शीले बताए ।घटना आइतबार दिउँसो जलपाईगुडी शहरको कदमतला नजिकैको पुरानो फायर ब्रिगेड नगर पालिका बजार क्षेत्रमा भएको हो। बाटोमा अर्का साथीलाई अगाडि बसाउने क्रममा टोटो चालकले लापरवाहीपूर्वक मारुती कारलाई ठक्कर दिएको बताइएको छ। घटनामा मारुती कारको पछाडिको सिसा फुटेको छ । टोटो चालकले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement