३१ मईः ईंग्ल्याण्डकी विश्व कप विजेता महिला क्रिकेटर नताली साइवर र क्याथरीन ब्रण्टले आइतवार विवाह गरिन्। ईंग्ल्याण्ड क्रिकेटले सोमवार एउटा ट्विटको माध्यमले यसबारे जानकारी दियो। महिला क्रिकेट टीमकी कप्तान हीथर नाइट, डेनिएल वेयट, लोकप्रिय कमेण्टेटर ईशा गुहा र जेनी गुन जस्ती ईंग्ल्याण्डकी वर्तमान र पूर्व महिला क्रिकेटरहरूले यी दुईको विवाह समारोहमा हिस्सा लिइन्। ईंग्ल्याण्डकी पूर्व क्रिकेटर ईशा गुहाले आफ्नो इन्स्टाग्राम एकाउण्टको माध्यमले यस खबरको पुष्टि गरेकी छन्। यसरी नै ईंग्ल्याण्ड क्रिकेटले सोमवार दिउँसो ट्वीट गऱ्यो, क्याथरीन ब्रण्ट र न्याट साइवरलाई धेरै धेरै शुभकामना। महिला क्रिकेटरहरूले एकार्कासँग विवाह गरेको यो पहिलोपल्ट चाहिँ होइन। यसअघि न्यूजील्याण्डका एमी सेटरथवेट र ती ताहुहूबीच अनि दक्षिण अफ्रिकाकी मारिजेन कप र डेन वेन नीकेरबीच पनि विवाह भइसकेको छ। नतालीले २०१९-मा साइवरसँग मंगनीको घोषणा गरेकी थिइन् तर कोविड महामारीले गर्दा विवाहलाई स्थगित गरिएको थियो। साइवर र ब्रण्ट दुवै ईंग्ल्याण्डको २०१७ विश्व कप विजेता टोलीकी हिस्सा थिइन्। यी दुईले २०२२-मा न्यूजील्याण्डमा भएको विश्व कपमा पनि खेलेकी थिइन्, जहाँ टीम फाइनलमा अष्ट्रेलिया विरुद्ध ७१ रनले पराजित भएको थियो।











