तामसाङ समष्टिको जरुरी सभा समपन्न

IMG-20221120-WA0070.jpg

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जीलिङ महकुमा समितिको आयोजनामा चुङथुङ मेरीबुङ तामसाङ समष्टिको एक जरूरी सभा समपन्न भयो। दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्त मणी थुलुङ यस सभाको अध्यक्ष थिए। यस सभामा चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा पार्टीलाई अझ दह्रिलो पार्न चुङथुङ मेरीबुङ तामसाङ समष्टिमा ४२ जनाको को-अडिनेसन समिति गठन गरियो जसमा सात जनालाई संयोजक नियुक्त गरिएको छ जसमा अरूण छेत्री, सुरज (धड्कन) गुरुङ, सर्जु छेत्री, स्वरस्वती गुरूङ, हाइजन थापा, रबिन तामङ, गोबिन्द गुरूङ आदिलाई चयन गरियो। सभामा सांगठनीक कार्य गर्दा क्षेत्रीय सभासदसंग तालमेल राखेर एवंम सरसल्लाहमा नै को-अडिनेसन समितिका संयोजकहरूले कार्य गर्ने महकुमा समितिको पक्षबाट जानकारी गराइएको छ। सभामा समष्टिका पूर्व सभासद तिलक चंन्द रोका, पार्टी केन्द्रीय समिति सदस्य बिजय राई, सभासद सन्दीप छेत्रीले महकुमा समिति सांगठनीक सचिव प्रमोद शर्मा आदिको प्रमुख उपस्थिति रहेको थियो भने सभा संन्चालन महकुमा समितिका महासचिव केशवराज पोर्खेलले गरेका जानकारी संयोजिका स्वरस्वती गुरूङले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement