मङपु: जी टी ए चिफ अनित थापाको उपस्थितिमा मङपुको गुम्बा टोल देखि एस एस के स्कूल हुँदै डिपार्ट धुरा सम्म पुग्ने २ किलो मिटरको बाटोको शिलान्यास क्षेत्रीय सभासद रतन थापाले गरे।स्मरण रहोस, चुनाव समय सभासद रतन थापाले बाटो बनाउने संकल्प गरेका थिए। त्यही संकल्प अनि वचन अनुसार आजको शिलान्यास कार्यक्रम रहेको हो।जीटीए प्रमुख थापा अनि सभासदलाई स्थानीय मानिसहरुले फूलको मालाले भब्य स्वागत जनाएका थिए। आजको कार्यक्रममा स्थानीय भागोप्रमोका प्रतिनिधिवर्गको पनि उपस्थिति रहेको थियो।










