फ्रेञ्च ओपनः गत उपविजेता सितसिपास बाहिर, रुड र कसातकिना क्वार्टर फाइनलमा

photocollage_2022531105549486.jpg

३१ मईः डेनमार्कका १९ वर्षीय होल्गर रुनेले फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टअन्तर्गत अन्तिम-१६-को म्याचमा उलटफेर गर्दै गत उपविजेता स्टेफानोस सितसिपासलाई पराजित गरी पहिलोपल्ट ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान बनाए। विश्व ऱ्यांकिंगमा ४०औं स्थानमा रहने यस खेलाड़ीले पुरुष एकलमा चौथो वरीयता प्राप्त ग्रीसका सिपसिपासलाई ७-५, ३-६, ६-३, ६-४-ले पराजित गरे। यसको साथै सितसिपास विश्व ऱ्यांकिंगको शीर्ष आठमा सामेल खेलाड़ीहरूमा टुर्नामेण्टबाट बाहिर हुने पहिलो खेलाड़ी बने। छैटौं वरीयता प्राप्त खेलाड़ी स्पेनका कार्लोस अलकाराजले अगावै क्वार्टर फाइनलमा स्थान बनाइसकेका छन्। यसरी १९९४ पछि फ्रेञ्च ओपनमा पहिलोपल्ट क्वार्टर फाइनलमा दुईजना किशोर खेलाड़ीले स्थान सुरक्षित गरेका छन्।
पेरिसमा जारी फ्रेञ्च ओपनअघि ग्राण्ड स्ल्याममा एउटा म्याच पनि नजित्ने रुनेले अब क्वार्टर फाइनलमा आठौं वरीयता प्राप्त नर्वेका कास्पर रुडको चुनौती स्वीकार्नेछन्। रुडको पनि यो पहिलो ग्राण्ड स्ल्याम क्वार्टर फाइनल हुनेछ। उनले १२औं वरीयता प्राप्त हुबर्ट हुरकाज विरुद्ध ६-२, ६-३, ३-६, ६-३-ले जीत हासिल गरे। रुस फ्रेञ्च ओपनको अन्तिम आठमा पुग्ने नर्वेका पहिलो पुरुष खेलाड़ी हुन्। यसबीच महिला एकलमा दारिना कसातकिनाले प्री-क्वार्टर फाइनलमा केमिला जियोर्जियालाई ६-२, ६-२-ले पराजित गरी यस ग्राण्ड स्ल्याममा आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको बराबरी गरिन्। रुसकी २०औं वरीयता प्राप्त यस खेलाड़ीले म्याच जित्नको निम्ति सर्विस गर्दै जियोर्जियाकी सहज गल्तीहरूको फाइदा उठाउँदै ब्रेक पोइण्ट बचाएपछि म्याच आफ्नो नाम गरिन्। क्वार्टर फाइनलमा उनको सामना आफ्नै देशकी वेरोनिका कुदरमेतोवासँग हुनेछ। कुदरमेतोवाले पहिलो सेट गुमाएपछि अमेरिकाकी मेडिसन कीजलाई १-६, ६-३, ६-१-ले पराजित गरिन्। कीजले म्याचको पहिलो सेट त सजिलै जितिन् तर रुसकी खेलाड़ीले दोस्रो सेटदेखि असाधारण पुनरागमन गरिन् अनि म्याच जितेर पहिलोपल्ट ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान बनाइन्। यसरी नै अमेरिकाकी ११औं वरीयता प्राप्त जेसिका पेगुलाले रोमानियाकी इरिना केमिलिया बेगुलाई ४-६, ६-२, ६-३-ले पराजित गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *