बिरामी बोकेकाे एम्बुलेन्स दुर्घटनाग्रस्त

IMG-20221120-WA0076.jpg

जलपाईगुडी: पहारपुर मोड़ नजिकै जलपाईगुडी राष्ट्रिय राजमार्गमा आइतबार बिहान एम्बुलेन्स दुर्घटनामा परेको छ। एम्बुलेन्सको चक्कामा एक्कासी विष्फोट भएपछि एम्बुलेन्स अनियन्त्रित भई सडकको डिभाइडरमा खसेको बताइएको छ। दुर्घटनापछि बिरामी र उनको परिवारलाई अर्को एम्बुलेन्समा तुरुन्तै उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल लगिएको छ। एम्बुलेन्स आज बिहान कुचबिहारबाट विरामी लिएर उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल जाँदै गरेको बताइन्छ। यसैबीच जलपाईगुडीको पहारपुर टर्न नजिकै एक्कासी तीव्र गतिमा रहेको एम्बुलेन्सको टायर फुटेर एम्बुलेन्स सडकको डिभाइडरमा ठोक्कियो। स्थानीयको प्रयासमा बिरामीलाई अर्को एम्बुलेन्समा मेडिकल कलेज पठाइएको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement