सेक्रेट हार्ट पोख्रेबुङकाे यस वर्ष बेग्लै प्रकारले वार्षिक उत्सव

IMG-20221119-WA0303.jpg

पोख्रेबोङ: यस क्षेत्रको एकमात्र आईएसई तहको स्कुल सेक्रेट हार्ट पोख्रेबुङले यस वर्ष बेग्लै प्रकारले वार्षिक उत्सव वौद्धिक खेलहरुको साथमा भव्य रुपमा पालन गरयो|जीटिए समष्टि सभासद नोबल बम्जनको प्रमुख आतिथ्य तथा समाजसेवी एके सुब्बा,हेमन प्रधान,किरण तामाङ साथै सोनादा अनि अन्य क्षेत्रका विभिन्न शैक्षिक केन्द्रका शिक्षक शिक्षिका लगायत विध्यार्थीहरुको उपस्थितिमा सम्पन्न समारोहलाई सभासद बम्जनले उद्घाटन गरयो|
स्कुलका शिक्षक शिक्षिकाहरुको निगरानीमा सम्पन्न विभिन्न रोचक खेलहरुमा सहभागी बनेर अतिथि एवं अभिभावकसंगै विद्यार्थीहरुले भरपुर आनन्द उपभोग गरयो भने यस अवधि स्कुल निर्देशक विनोद राईलाई पत्रकारहरुले सोधेको प्रश्नको उत्तरमा तिनले यसपाली स्कुलले आईएसई स्तरको शैक्षिक मान्यता प्राप्त गरेको बताए|सेक्रेट हार्ट स्कुलले यो गरिमामय शैक्षिक उपलब्धि प्राप्त गर्नमा केन्द्रसित आबद्ध शिक्षक शिक्षिका,विद्यार्थी लगायत अभिभावकहरुको पनि योगदान रहेको बताउदै यो खुशी बाड़नलाई मिनी रमाइलो मेलाको आयोजना गरेको बताए|निर्देशक राईले सबै समक्ष आभार जताउदै विध्यार्थीहरुको सुनौलो भविष्य निर्माण गर्ने उद्धेश्य राखेर प्रारम्भ गरेको सेक्रेट हार्ट स्कुलमा अध्यन गरिरहेका विध्यार्थीहरुले पठन पाठन अतिरिक्त विभिन्न क्षेत्रबाट स्कुलको नाम उच्च पार्दै गइरहेको कारण आफु लगायत शिक्षक एवं शिक्षिकाहरुको दायित्व अझ बड़ेर गएको बताए|यसै क्रममा आजको समारोहमा सहभागी बनेका एक वृद्धा अभिभावकले यस स्कुलमा नातीलाई पढ़ाउन पाउनु भाग्यको विषय बन्न गएको विचार साझा गरिन|तिनले पोख्रेबोङ राङभाङ भेल्ली क्षेत्रमा सेक्रेट हार्ट स्कुलको शैक्षिक गरिमा र पहिचान अलग बन्न गएको बताउदै आफुले पढ़न नपाए पनि नातीको भविष्य भने यसै स्कुलबाट सुनौलो बन्ने कुरामा आफू पुर्ण आशावादी रहेको पनि बताइन|सभासद बम्जनले विनोद राईले वौद्धिकता खर्चेर संचालन गर्दै आएको यो स्कुल नै पोख्रेबङ राङभाङ भेल्ली क्षेत्रको शैक्षिक इतिहासमा प्रथम आईएसई तहको स्कुल बन्न गएको बताउदै यसको निम्ती राई बधाईको पात्र बन्न गएको बताए|आगमी दिनमा यस क्षेत्रका अभिभावकहरुले घरको भात खुवाएर नानीहरुलाई समय सापेक्षित उच्च शिक्षार्जन गराउन सक्ने बताउदै बम्जनले सबै पक्षप्रति बधाई शुभकामना टक्राए|आजको वार्षिक उत्सवमा समाविष्ट रोचक खेलहरुमा एम, रिङ,टायरमा गोली छिराउने, कार रेस, लक्कि डिप, बकेटमा गोली छिराउने खेलसंगै डिस्को डान्स प्रमुख रहेको थियो भने स्कुलको वार्षिक समारोह सफलता पुर्वक सम्पन्न हुन सकेको पनि सभासद बम्जनले बताए|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *