टिंगलिंग (Tingling)-मा च्याम्पियन्स कपः मतिगढ़ा एकाडमी र इलेक्ट्रिक डिपार्टमेण्ट विजयी

IMG-20221119-WA0314.jpg

१९ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो म्याचमा मतिगढ़ा एकाडमीले चेंगा एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रदीपले १७औं र ५८औं मिनटमा २ गोल गरे। यसबाहेक सुब्रतोले ३४औं मिनटमा गोल गरे। यसरी नै चेंगा एफसी-बाट रोहितले ७७औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा इलेक्ट्रिक डिपार्टमेण्ट-ले सिमलबारी एफसी-लाई टाई ब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा इलेक्ट्रिक डिपार्टमेण्ट-बाट सन्दीपले २२औं र नयनले २९औं मिनटमा गोल गरे। यसरी नै सिमलबारी एफसी-बाट अनिकेतले ४०औं र विक्रमले ६२औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *