माया मेमोरियल फूटबल टुर्नामेन्ट: फुवागड़ी राइजिंग युथ क्लब र मिरिक बस्ती ट्याक्सी ट्राइभर वेलफेयर एसोसिएशनको जीत

IMG_20221119_235541.jpg

१९ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा आज भएको पहिलो म्याचमा फुवागड़ी राइजिंग युथ क्लबले संयुक्त मञ्च मरमाहलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुशान्त रामुदामु र वांगदेन तामाङले गोल गरे। यसरी नै दोस्रो म्याचमा मिरिक बस्ती ट्याक्सी ट्राइभर वेलफेयर एसोसिएशनले लेट्स गोल फाउण्डेशन (फुवागड़ी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रोशन खनालले गोल गरे। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
आइतवार तीनवटा म्याच खेलिनेछः
१) गड़ी स्पोर्टिंग क्लब बनाम सियोक गोडाउन गाउँ
२) नोल डाँड़ा बनाम बड़ा टिंगलिंग
३) रातोमाटे एफसी बनाम डेलिभरी ईकम बोइज

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement