फाँसीदेवाः एउटा पिस्तोल, ५ राउण्ड जिउँदो कार्तुससहित ४ जना युवकलाई फाँसीदेवा थानाको घोषपुकुर आउटपोस्ट पुलिसले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गऱ्यो। पक्राउ पर्नेहरूमा मफिजुर ईस्लाम (२५), मोहम्मद सामसुल (२७), मोहम्मद रसिद आलम (३४) र मोहम्मद मुस्ताकिन (३७) सामेल छन्। तिनीहरूमध्ये मफिजुर ईस्लाम असम निवासी हुन् भने अन्य ३ जना नक्सलबारी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार फुलबारीबाट कोलकतागामी एउटा ट्रकमा पिस्तोल तस्करी गरिरहेको खबर पाएपछि घोषपुकुर आउटपोस्ट पुलिसले अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा एउटा पिस्तोल, ५ राउण्ड जिउँदो कार्तुस उद्धार गरेको बताइएको छ। पुलिसले घटनामा ४ जना युवकलाई पक्राउ गरेको छ।









