नाम्ची: आज विश्व शौचालय दिवस पालन गरियो। उक्त दिवस सोरेङ जिल्लाअन्तर्गत मङ्गलबारे खण्ड प्रशासन केन्द्रमा ताकुथाङ-छुचेन ग्राम पञ्चायत एकाईले गरेको थियो। आफ्नो गाउँ-घरसँगै सार्वाजनिक ठाउँहरूलाई सफा राखेर स्वच्छ र स्वस्थ वातावरण सृजना गर्नु यस कार्यक्रमको उद्देश्य रहेको थियो।
यी बाहेक प्रत्येक घरको शौचालय निर्माण गर्दा ट्वीन पिट अनिवार्य रुपमा हुनुपर्ने स्वच्छ भारत अभियानको दिशानिर्देश रहेको छ। यति मात्र नभएर रियुज, रिड्युस र रिसाइकल प्रक्रिया अपनाएर हाम्रो नजिकको परिवेश र वातावरणलाई प्लास्टिक र मैलामुक्त ठाउँ निर्माण गर्नुपर्ने रहेको थियो।
यस विश्व शौचालय दिवसको अवसरमा विद्यार्थी नानीहरूबिच म्याराथन दौड़ पनि राखिएको थियो जसमा स्वर्गीय एसएल काजी दाउ ग्याछो उच्चत्तर माध्यमिक विद्यालयका छैटौँ कक्षादेखि नवौँ कक्षाका विद्यार्थीहरूले भाग लिएका थिए। उपस्थित विद्यार्थीहरूमाझ पञ्चायत सचिव राजकुमार राईले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्दै आफूसँगै छर-छिमेकी, साथीभाइ र गाउँलेहरूलाई पनि सफाइमाथि जागरूक गराउनुपर्ने जानकारी गराए। कार्यक्रममा पीडीए बिनोद तामाङ, प्रवेश चन्द राणा, रिञ्चेन पिन्चो ग्याल्छेन, पीबी छेत्री, किञ्जाङ भोटिया, महेन्द्र राई, दिलिप गुरूङ आदिको उपस्थिति रहेको थियो।