जाइडसका कर्मचारीहरूलाई लिएर कानुनी सचेतना कार्यक्रम आयोजित

IMG-20221119-WA0365.jpg

गान्तोक: सिक्किम राज्य महिला आयोग र भारत सरकारको कानून एवम न्याय मन्त्रालयको संयुक्त पहलमा जाइडास हेल्थ केयर लिमिटेमा महिलाहरूको कार्यस्थलमा हुने यौन दुर्वय्वहारमाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा उक्त कम्पनीका कूल ७८ जनाले सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य उद्देश्य हाम्रो समाजमा व्याप्त विभिन्न लैङ्गिक र बालबालिका सम्बन्धी मुद्दाहरू र महिला र बालबालिका सम्बन्धी कानुनी प्रावधानहरूका बारेमा सहभागीहरूलाई सचेत गराउनु रहेको थियो। कार्यक्रममा स्रोतवक्ताकोरूपमा सामाजिक कार्यकर्ता अमृत शर्मा, इक्फाइ विश्वविद्यालयका एसिस्टेन्ट प्रोफेसर सोनी सुवेदी लगायत अन्यहरू रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै स्रोतवक्ता अमृत शर्माले प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स २०१२, अपराधका विभिन्न रूपहरू, यौन अपराध र मानव बेचबिखनबाट पीडित बालबालिकाको उद्धार र पुनर्स्थापना संयन्त्रबारेमा सचेत गराए। यसका साथै उनले बालबालिकालाई यस प्रकारको अपराधबाट जोगाउन सामाजिक तथा समाजको उत्तरदायित्व र भूमिकाबारे अवगत गराए। सोही प्रकारले अर्को स्रोतवक्ता सोनी सुवेदी कार्यस्थलमा महिलाहरूमाथि हुने यौन उत्पीडन ऐन २०१३ अन्तर्गत दिइएको प्रावधानहरूको बारे जानकारी गराइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *