सिच्छेमा एक दिवसीय रक्तदान शिविर सम्पन्न

IMG-20221119-WA0363.jpg

गान्तोक: सिच्छेस्थित एक होटलमा आज एक दिवसीय रक्तदान शिविर सम्पन्न भयो। यससिरि फाउण्डेसन र एसटीएनएम अस्पतालको संयुक्त पहलमा आयोजित रक्तदान शिविरमा कनिष्का होटलका कर्मचारीहरूले रक्तदान गरे। यसरी नै फाउण्डेसनका प्रबन्धक निर्देशक सनदीप लामाले जानकारी गराए अनुसार प्रत्येक वर्ष संस्थाले दार्जीलिङमा रक्तदान शिविर आयोजना गर्दै आइरहेको छ भने यस वर्ष प्रथम पल्ट सिक्किममा पनि रक्तदान शिविर आयोजना गरिएको हो। आजको यस एकदिवसीय रक्तदान शिविरमा प्रबन्धक निर्देशक लामा स्वयंले पनि रक्तदान गरे। पत्रकारहरूसँग कुराकानी गर्दै लामाले आफूले कमाएको पैसा विशेष गरेर अनाथ नानीहरूलाई खर्चिन्दै आइरहेको बताए। अनाथ नानीहरूलाई शिक्षा दिने सम्पूर्ण जिम्मेवारी संस्थाले लिएको र कतिपय नानीहरू अहिले आफ्नै होटलमा काम गर्दै आइरहेको उनको भनाइ रहेको छ। सेवा गर्न पाउँदा आफूलाई धेरै खुशी लाग्ने भएको कारण निरन्तर सेवामा लागिरहने उनले प्रतिवद्धता व्यक्त गरेका छन्। यस अवसरमा होटलका महाप्रबन्धक राज सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *