गान्तोक: राज्यका सडक एवम पुल विभागका मन्त्री साम्दुप लेप्चाका छोरो छेवाङ डाडुल लेप्चाको सडक दुर्घटनमा परि मृत्यु भएको जानकारी प्राप्त भएको छ। पुलिसले जानकारी गराए अनुसार उक्त घटना मंगन जिल्लाको चुङथाङ लाचेन रोडमा बेलुकीको साडे सात बजी भएको अनुमान लगाइएको छ। मृतक लेप्चा एसके ०३-पी-१०१३ डस्टर बाहन स्वय चलाएर गइरहेको समयमा गुम्बा डाँडामा वाहन दुर्घटनाग्रस्त हुँदा उनलाई गम्भीर चोट लागेको थियो। उनले चलाएको वाहन सडकदेखि लगभग तीनसय मिटर तल खसेको पुलिसले बताएको छ। दुर्घटनामा परि गम्भीररूपमा घाइते भएका मन्त्रीका छोरोलाई चुङथाङको सेना अस्पतालमा उपचारको लागि पुऱ्याइएको थियो, तर डाक्टरले जाँच गरेपछि मृत घोषित गरियो। उनलाई पोस्टमार्टमको निम्ति मंगन जिल्ला अस्पतालमा ल्याइएको थियो,जहाँ पोस्टमार्टम गरेपछि मृतकका परिवारलाई शव सुम्पिएको छ।









