नेपाल झापा एकादशलाई धुलोपिठो पार्दै सिङलिङ स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

IMG-20221119-WA0358.jpg

सोरेङ: छिमेकी राष्ट्र नेपालका झापा एकादश दोस्रो मन्त्री स्वर्ण कप फुटबल टुर्नामेन्टबाट बाहिरिएको छ। झापाले दर्शकहरुको आशा अनुरुप खेल प्रदर्शन गर्न सकेन। खेलशुरु भएको पाँचौ र २६औं मिनेटमा नै सिङलिङ स्पोर्टिङ क्लबका स्टार खेलाडी सोम कुमार (१०)-ले लगातार जोडी गोल गरेर झापा एकादशमाथि सिङलिङ स्पोर्टिङ क्लबले प्रतिद्वन्द्वी टिमविरुद्ध खेलमा दबाब बनाइ राख्यो। अर्कोतिर झापा एकादशले पनि निरन्तर जवाबी आक्रमण जारी राखेता पनि प्रतिद्वन्द्वी टिमको गोलनेट हल्लाउन असफल बन्यो।

दोस्रो हाफको खेल शुरु हुनसाथ सिङलिङ स्पोर्टिङ क्लबका खेलाडी सञ्जय सुब्बा (९)-ले तेस्रो गोल थपेर अजय बढत दिलाए। फेरि चौथो गोल पनि सिङलिङले नै थप्यो। सिङलिङ स्पोर्टिङ क्लबको अघि झापा एकादश पूर्णरूपले धराशायी नै भयो। सिङलिङ स्पोर्टिङ क्लबका खेलाडी सञ्जय सुब्बाले व्यक्तिगत दोस्रो गोल र टिमको निम्ति पाँचौ गोल गरेर आफ्नो टिमलाई फराकिलो र दरिलो स्थितिमा पुर्‍याए।

दरमदिन खेलकुद संघद्घारा आयोजित दोस्रो मन्त्री स्वर्ण कप फुटबल टुर्नामेन्टको छैटौं दिन सिक्किम विधानसभा अन्तर्गत जनलेखा समितिका अध्यक्ष एवं विधायक आदित्य गोले प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

About Author

Advertisement