नेपाल पुलिसले चुनाउभन्दा एकदिन अघि ८,००० जाली मतपत्र र २.७२ लाख नगद जफत

nepal-police.png

मोतिहारी: नेपाल पुलिसले भोलि हुने आम चुनाउभन्दा एकदिन अघि ८,००० जाली मतपत्र र २.७२ लाख नगद जफत गरेको छ। यस सम्बन्धमा कार चालकसहित दुइजनालाई हिरासतमा लिइएको छ।
यसको पुष्टि नेपालको पर्सा जिल्लाका एसपी रमेश बस्नेतले गरेका छन्। वीरगञ्जका एसपी रमेश बस्नेतले भने, नेपाल प्रहरी र नेपाल आर्म्ड पुलिस फोर्सले वीरगञ्जको बस पार्क एरियामा शंकाको आधारमा कारलाई रोकेर छानबिन गऱ्यो। वाहनबाट उक्त सामग्री भेटियो। साथै, स्वास्तिक चिन्ह पनि भेटिएको छ। कारसॅंगै चालक अमिरी राउत र राजन सिंहलाई हिरासतमा लिइएको छ। दुवैसॅंग सोधपुछ गरिॅंदैछ। उनले भने, केही दिनअघि जानकी टोला बर्डरमा एउटा कारबाट १५ हजार जाली मतपत्र जफत गरिएको थियो। मतपत्रका साथै एकजना बिहारको पश्चिमी चम्पारण निवासी इजाजत अहमदलाई पक्राउ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement