दीपक गजमेर स्मृति भेटरन फूटबलः भीजन एफसी भेटरन्स र सिक्किम बोइज भेटरन्स प्री-क्वार्टर फाइनलमा

photocollage_20221119224439357.jpg

१९ नोभेम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा भीजन एफसी भेटरन्स र सिक्किम बोइज भेटरन्सले आ-आफ्नो म्याच जितेर प्री-क्वार्टर फाइनलमामा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा शनिवार भएको पहिलो म्याचमा भीजन एफसी भेटरन्सले सोरेंग भेटरन्सलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निश्चल प्रधानले ह्याट्रिक गरे। यसबाहेक अमित गुरुङ, विक्रम थापा र शाकाल देवानले १-१ गोल गरे। सोरेंग भेटरन्सबाट सिमोन्त राईले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा सिक्किम बोइज भेटरन्सले इलाम (नेपाल) भेटरन्सलाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट एमोस सुब्बाले २ गोल गरे। यसबाहेक विनोद बान्तावा र सोनम पाल्जोर भूटियाले १-१ गोल गरे। इलाम भेटरन्सबाट नन्दो कुमार प्रधानले २ अनि नवीन थापाले १ गोल गरे। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement