विभु महाराज गान्तोकमा

IMG-20221119-WA0366.jpg

गान्तोक: “अस्थिर मनका कारण नै मानव अशान्त छन्। आज मानवलाई नै थाहा छैन कि उनको मन अस्थिर छ भनेर, यसकारण मानव अशान्त भएका हुन्।” एकदिवसीय सिक्किम भ्रमणमा आएका विभुजी महाराजले आज राजधानी गान्तोकको ठाकुरबाडीमा आयोजित सदभावना सत्सङ्ग समारोहलाई सम्बोधन गर्दै विभुजी महाराजले भौतिक संसारमा रुमलिएको मनलाई स्थिर गर्न सक्षम भए शान्तिको अनुभव गर्न सक्ने बताए। आज मानवले संसारको प्रत्येक ज्ञानलाई प्राप्त गरे पनि आफ्नो अस्तित्व अर्थात जीवनको आधारको बोध नभएको कारण पनि मानवले अशान्त जीवन व्यतीत गरिरहेको महाराजले आफ्नो सम्बोधनमा बताए।

यो सदभावना सत्सङ्ग समारोहलाई साध्वी महात्मा पुष्पवती बाईजीले पनि सम्बोधन गरेकी थिइन् भने भजन कलाकारहरुले सङ्गितमय आध्यात्मिक किर्तन्हरु प्रस्तुत गरेका थिए। यस समारोहमा सिक्किम राज्यको विभिन्न स्थानबाट मानव उत्थान सेवा समितिका हजारौं सदस्यगणले सहभागिता जनाएका थिए।

विभुजी महाराज, मानव धर्मका प्रणेता सतपाल महाराजका पुत्र हुन्। महाराज आफ्नो दार्जीलिङ भ्रमण सिद्ध्याएर हिज साँझ राजधानी गान्तोक आइपुगेका थिए। राजधानी गान्तोकको तिब्बत पथस्थित सम्भाला आश्रममा उनले मानव उत्थान सेवा समिती, सिक्किम राज्यका सन्तमहात्मागण, पदाधिकारी र कार्यकर्ताहरुसँग आगामी दिसम्बर महिनाको अन्तिम सातामा सिलगढीमा सम्पन्न हुने विराट सदभावना सम्मेलन बारे छ्लफल गरे। राजधानी गान्तोकको समारोह पश्चात् आज उनले जयगाउँको निम्ति प्रस्थान गरे जहाँ भोली त्यहाँका प्रेमीभक्तहरुलाई सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *