नव निर्वाचित जिल्ला पन्चायत सदस्य र ग्राम पन्चायत सदस्यलाई स्वागत गन कार्यक्रमको आयोजना

IMG_20221119_233051.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत लुङचोक-कमरे ग्राम पन्चायतको ग्राम प्रशासन केन्द्रमा आज यस केन्द्रका कर्मचारीहरूले नवनिर्वाचित जिल्ला पञ्चायत सदस्य र ग्राम पञ्चायत सदस्यहरूलाई स्वागत जनाए। यस अवसरमा स्थानीय पञ्चायतहरूले आजदेखि आ-आफ्नो जिम्मावारी पनि लिएका छन्। यस क्रममा कर्मचारीहरूले एउटा कार्यक्रमको पनि आयोजना गरेका थिए। कार्यक्रममा स्थानीय पञ्चायतहरूले आ-आफ्ना विचारहरू राख्दै आउने दिनमा सबैसँग मिलेर गाउँ-घरको विकास कार्यलाई अघि बढाउने वचन दिए।
स्वागत कार्यक्रमको समाप्त भएपछि विश्व शौचालय दिवस पनि पालन गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै पञ्चायति राजका सहायक निर्देशक गंगा दहालले विश्व शौचालय दिवसको औचित्य विषय प्रकाश पारे। दृष्टिगत स्वच्छतामा ध्यान दिनुपर्ने कुरामा जोर दिँदै उनले हिमाली राज्य सिक्किममा यस विषयमा काम गर्नु सहज हुने बताए। उनले नवनिर्वाचित पञ्चायत सदस्यहरूलाई विभिन्न सुझाउ पनि दिएका थिए।कार्यक्रममा पीडीए अञ्जाना तामाङले विश्व शौचालय दिवस विषय विस्तृत रूपमा जानकारी गराएकी थिइन्। विश्व शौचालय दिवसको महत्त्वलाई दर्साउॅंदै शान्ति ऱ्याली पनि निकालियो।कार्यक्रममा जिल्ला पञ्चायत सदस्य देउराज राई, ग्राम पञ्चायत अध्यक्ष पेञ्चो लेप्चा, उपाध्यक्ष निश्चल विश्वकर्मा, सदस्य आरपी गुरूङ, मञ्जिता राई, सुबास राई, डीके गुरूङ, सुशील छेत्री आदिको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *