२८ मईः गत च्याम्पियन नोवाक जोकोविच र पाँचौं ऱ्यांकिंगका खेलाड़ी रफायल नडालले आ-आफ्नो म्याच जितेर पेरिसमा जारी फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको चौथो राउण्डमा स्थान बनाए। विश्वका नम्बर एक खेलाड़ी सर्बियाका जोकोविचले स्लोवेनियाका एलजाज बेडेनेलाई एक घण्टा ४४ मिनटसम्म चलेको म्याचमा ६-३, ६-३, ६-२-ले पराजित गरे। बीसपल्टका ग्राण्ड स्ल्याम विजेता जोकोविचको सामना अब डिएगो श्वार्टजम्यानसँग हुनेछ। यसरी नै स्पेनिश दिग्गज नडालले तेस्रो राउण्डको म्याचमा बोटिकवान डी जाण्डचुल्पलाई सीधा सेटमा ६-३, ६-२, ६-४-ले पराजित गरे। टुर्नामेण्टमा रेकर्ड १३ पल्टका च्याम्पियन नडालले अब प्री-क्वार्टर फाइनलमा नवौं वरीयता प्राप्त फेलिक्स आगर एलिसिमेको चुनौती स्वीकार्नेछन्। नडाल र जोकोविच एउटै ग्रुपमा रहेका हुनाले यी दुई दिग्गजबीच क्वार्टर फाइनलमा भिड़न्त हुने सम्भावना छ। कनाडाका खेलाड़ी एलिसिमेले फिलिप क्राजिनोविच विरुद्ध ७-६, ७-६, ७-५-ले जीत हासिल गरी चौथो राउण्डमा प्रवेश गरे। यसरी नै पुरुष एकलमा गत वर्ष उपविजेता रहने ग्रीसका स्टेफानोस सितसिपास पनि तेस्रो राउण्डमा पुग्न सफल भए। उनले दोस्रो राउण्डमा चेक क्वालीफायर ज्डेनेक कोलारलाई ६-३, ७-६, ६-७, ७-६-ले पराजित गरे।
यसबीच महिला एकलमा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेक फ्रेञ्च ओपनमा ३०औं जीतको साथ तेस्रो राउण्डमा पुगिन्। यसरी नै म्याचको बीचमा पेनिक अट्याक आउँदा सिमोना हालेप चाहिँ हारको सम्मुखीन भइन्। तीस वर्षीय रोमानियाई खेलाड़ी सिमोनाले चीनकी झिंग क्वान विरुद्ध म्याचमा खेल्दा सास फेर्नमा कठिनाई अनुभव गरिन्। उनले ट्रेनरलाई बोलाउनु पऱ्यो। अन्तमा उनी म्याचमा २-६, ६-२, ६-१-ले पराजित भइन्। स्वियातेकले चाहिँ सालको दोस्रो ग्राण्ड स्ल्याममा पनि असल प्रदर्शनको क्रम जारी राखिन्। उनले अमेरिकाकी एलिसन रिस्के विरुद्ध ६-०, ६-२-ले जीत हासिल गरिन्। स्वियातेकले अहिलेसम्म खेलेको गत ४५ सेटमा ४४ वटा जितेकी छन् अनि यस साल फरवरीमा दुबईमा भएको टुर्नामेण्टमा पूर्व फ्रेञ्च ओपन च्याम्पियन जेलेना ओस्टापेंको विरुद्ध हारेपछि अहिलेसम्म अपराजित छिन्।









