सिलगढ़ी प्रीमियर लीग: सशस्त्र सीमा बल (एसएसबी) विजयी

IMG-20221119-WA0270.jpg

१९ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा सशस्त्र सीमा बल (एसएसबी)-ले आफ्नो पहिलो जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा शनिवार भएको म्याचमा एसएसबी-ले सिलगढ़ी उल्का क्ललबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एन. जीतकुमार सिंहले ६७औं, लेंगिनसांग हाकिपले ७४औं र द्विमालु ब्रह्माले ८०औं मिनटमा गोल गऱ्यो। एसएसबी-का एन. जीतकुमार सिंहलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार खेलिने म्याचमा यंग मेन्स एसोसिएशन (वाईएमए) र बिधान स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। थर्ड प्लेस प्ले अफ् म्याच १० दिसम्बरमा खेलिनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement