महाकाली सेभेन क्वार्टर फाइनलमा

IMG_20221119_183254.jpg

१९ नोभेम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच खेलियो। मञ्जु खेल मैदानमा आज भएको म्याचमा महाकाली सेभेनले नाम्सु एफसी-लाई ७-०-ले पिट्यो। विजेता टीमबाट शामी हल्दारले ह्याट्रिक गरे। यसबाहेक अभि थापाले २ गोल गरे। रहल २ वटा गोल अनित राई र अरुण तामाङले गरे। यस सेभेन ए साइड टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १८ दिसम्बरमा खेलिनेछ। फाइनलको तारिख चाहिँ आयोजक समितिले घोषणा गरेको छैन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement