खोरीबारी: खोरीबारी खण्ड युवा तृणमूल कङ्ग्रेस कमिटीले आज यसै भेकका दुईजना दिव्याङ्गलाई व्हिलचेयर प्रदान गर्यो। खोरीबारी खण्ड युवा तृणमूल कङ्ग्रेस कमिटीका सभापति किशोरी मोहन सिंहको नेतृत्वमा आज यहाँको हात्तीडोबा निवासी विनय भादुरी र गुवाबारी निवासी तन्मय सिंहलाई व्हिलचेयर प्रदान गरियो। यस अवसरमा बुढागञ्ज अञ्चल युवा तृणमूल कङ्ग्रेस सदस्य लगायत स्थानीय पञ्चायत समितिका सदस्यहरू उपस्थित थिए। युवा सभापति किशोरी मोहनले भने,२०२२-२०२३ साल भित्रमा खोरीबारी क्षेत्रमा ५० भन्दा अधिक व्हिलचेयर वितरण कार्यक्रम गरिनेछ भने हालसम्म २० वटा व्हिलचेयर प्रदान गरिसकेको छ। सिलगढीका समाजसेवी बापन विश्वासको सहयोगमा आज २ वटा व्हिलचेयर प्रदान गरियो। यसको साथै दिव्याङ्गहरूलाई मानविक परियोजनाको सुविधा प्रदान लगायत सबै प्रकारको सहयोग गरिने तिनले बताए। अर्कोतिर, व्हिलचेयर पाएपछि दिव्याङ्ग विनय र तन्मय निक्कै खुसी छन्।











