आरएसएस स्वालम्बी भारत अभियान टोलीको राज्यपालसँग भेट

IMG-20220527-WA0144.jpg

गान्तोक। आरएसएस स्वावलम्बी भारत अभियानको उत्तर बङ्गाल एवं सिक्किमका प्रान्त समन्वयक प्रमुख सिरिस खरेलले आज राज्यपाल गंगा प्रसादसँग शिष्टचार भेटघाट गरेका छन्। यसरी भेटघाट गर्ने क्रममा उनले राज्यपाललाई स्वावलम्बी भारत अभियान विषय प्रकाश पारेको जानकारी गराएका छन्। अरएसएसका धरै सङ्गठन यस अभियानमा एकजुट भएर आगामी दुई वर्षमा हरएक जिल्लाको हरएक घर-परिवारसम्म यस अभियानलाई पुऱ्याउन लागि परेका छन्। उल्लेखनीय छ, यस अभियानको शुभारम्भ आरएसएसको कर्णावतीको राष्ट्रिय कार्यकारीणी सभामा सहकार्यवाहक कृष्ण गोपाल एवं अन्य सङ्गठनका राष्ट्रिय प्रमुखहरूद्वारा गरिएको थियो। यस्तै प्रकारले राज्यपालसँगको यस शिष्टाचार भेटघाटमा अभियानको प्रान्त समितिका पार्थो डाम र सुरेश माझीको उपस्थिति रहेको थियो।

About Author

Advertisement