गेजिङ जिल्लामा पालन गरियो एसकेएम सरकारको तेस्रो वर्षगाँठ

IMG-20220527-WA0141.jpg

गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएको तेस्रो वार्षिकोत्सव आज पश्चिम जिल्ला पार्टी कार्यालयमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपा पार्टाका उपाध्यक्ष तथा पश्चिम जिल्ला प्रभारी एवं सिक्किम राज्य व्याङ्कका अध्यक्ष डी. बी. गुरूङ रहेका थिए।

यस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्रीका अतिरिक्त राजनीतिक सचिव मधुसूदन शर्माले वर्तमान सरकारले तीन वर्षको अवधिमा गरेको सामाजिक विकास, व्याक्तिगत सहुलियत, स्वास्थ्य,शिक्षा, इत्यादि विषयमा जानकारी दिदै सरकारले हरेक क्षेत्रलाई ध्यानमा राखेर निरन्तर राज्यको विकासमा लागि काम गरिरहेको उनले बताए। उच्च विचारका धनी मुख्य मन्त्री राज्यले पाएको हुनाले कार्यकर्ताले हरेक क्षेत्रमा साथ दिनुपर्ने आग्रह गरे।

मुख्य अतिथिको आसनवाट बोल्दै पश्चिम जिल्ला प्रभारी डी. बी. गुरूङले मुख्य मन्त्री प्रेम सिङ तामाङ गोलेको नेतृत्व रहेको सरकार राम राज्यको रूपमा रहेर काम गरि रहेको दावी गरे। यस्तो सुव्यवस्था सरकार सायद नै पहिला थिएन होला भन्दै गुरूङले वर्तमान सरकारले छोटो अवधिमा गरेको उल्लेखनीय कामहरूवारे जानकारी दिए। उनले पश्चिम जिल्ला कार्यकारिणी समितिको तर्फबाट मुख्य मन्त्री, मन्त्री, विधायक र सरकारी अधिकारीहरूलाई धन्यवाद दिए। सकारात्मक सोच भएको व्याक्तिको हातमा सत्ता छ भने सम्पूर्ण राज्य वासीको भलो हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement