जलपाईगुडी। जलपाईगुडीमा जिल्ला कांग्रेसको पहलमा पूर्वप्रधानमन्त्री स्व. इन्दिरा गान्धीको १०५औँ जन्मजयन्ती धुमधामका साथ मनाइयो । उल्लेखनीय छ कि १९ नोभेम्बर शनिबार इन्दिरा गान्धीको जन्मदिन हो। नगरको नयाँबस्ती कांग्रेस कमिटीले यो दिवस विशेष गरी मनाएको छ। भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको जन्मजयन्तीको अवसरमा यस दिन माल्यार्पण गरी विभिन्न कार्यक्रम आयोजना गरिएको छ।











