१९ नोभेम्बरः सिम्ले युनाइटेड बोइज क्लब (मंगपू)-को तत्त्वावधानमा निरुकला तामाङ अनि नन्दमाया राई स्मृति कप नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। मंगपू डिवीजनल पब्लिक ग्राउण्डमा हुने यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा 1 लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३ हजार रुपियाँ रहेको छ। आफ्नो टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति ११ दिसम्बर रहेको आयोजक समितिको पक्षमा कोषाध्यक्ष विश्वास मंगरले जनाएका छन्।









