२७ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत शुक्रवार प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगका चारवटा म्याच खेलियो। मेला ग्राउण्डमा खेलिएका म्याचहरूमा नेक्सस १३-ले न्यू क्रिएशन क्लबलाई १-०-ले, होम्स युनाइटेडले एसयूएमआई स्कूललाई ३-२-ले, सांगसे योद्धाले युनाइटेड भेटरन्सलाई ६-५-ले अनि स्टेट ट्राइबल स्कूल (एसटीएस)-ले केसीएसए चर्च-लाई २-१-ले पराजित गऱ्यो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।