भुट्टाबारी एफसी सेमिफाइनलमा

photocollage_20221119082147.jpg

१८ नोभेम्बरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा भुट्टाबारी एफसी सेमिफाइनलमा पुग्यो। गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी रहेको यस टुर्नामेण्टअन्तर्गत मगरटोला ग्राउण्डमा शुक्रवार भएको चरम रोमाञ्चक म्याचमा भुट्टाबारी एफसी-ले भानु बस्ती एम.एम. तराईलाई पेनल्टी शूट-आउटमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। भुट्टाबारी एफसी-का रोहितलाई प्लेयर अफ द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा आकाश गहतराजले जानकारी दिएका छन्। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २२ र २३ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *