१८ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो म्याचमा ताराबारी एफसी-ले क्रिस सेभेनलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेकले १७औं र ६१औं मिनटमा २ गोल गरे। यसबाहेक उज्जलले २८औं मिनटमा गोल गरे। यसरी नै क्रिस सेभेनबाट विशालले ३९औं मिनटमा गोल गरे। यसरी नै दोस्रो म्याचमा बाघडुग्रा एफसी-ले दुधिया एफसी-लाई टाई ब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।