दार्जिलिङ: दार्जिलिङ पहाड़मा जीटीए चुनावको विरोध हुँदा हुँदै पनि अन्तत: पश्चिम बंगाल सरकारले आज बिहान एउटा अधिसूचना जारी गरेर जीटीए चुनाव हुने निश्चित गराएका छन्। बंगाल सरकारद्वारा जारी अधिसूचनाअनुसार जीटीए चुनावको लागि आगामी ३ जूनसम्म नोमिनेशन भर्न अन्तिम दिन रहेको र ४ जूनको दिन स्क्रुटिनी गरिने र ६ जनको दिनसम्म नोमिनेसन फिर्ता लिने अन्तिम मिति रहेको बताइएको छ। राज्य सरकारद्वारा जारी अधिसूचनामा बताएअनुसार जीटीए चुनाव आगामी २६ जूनको दिन बिहान ७ बजेदेखि बेलुकी ४ सम्म हुने र आगामी २९ जूनको दिन मतगणना हुने भएको छ।









