दोस्रो विण्टर कपः यूकेएफसी क्वार्टर फाइनलमा

IMG-20221118-WA0341.jpg

१८ नोभेम्बरः लोधोमा खेलकुद संघको तत्त्वावधानमा आयोजित दोस्रो विण्टर कप ओपन फूटबल टुर्नामेण्टमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। लोधोमा (दार्जीलिङ) खेल मैदानमा बिहीवार खेलिएको म्याचमा यूकेएफसी-ले नमो बुद्ध (रिम्बिक)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल कमल खवासले पहिलो हाफको खेलमा गरे। यूकेएफसी-का राज राउतलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा टी.ए. दार्जीलिङ र रेड पाण्डा (नाम्ची)-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ३ लाख ३१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई २ लाख २१ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसबाहेक हरेक म्याचको सर्वश्रेष्ठ खेलाड़ीलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरिनेछ। फाइनलसम्म प्रदान गरिने प्लेयर अव् द म्याचको ट्रफीको साथमा च्याम्पियन र रनर अप् टीमलाई प्रदान गरिने ट्रफीहरू कैलाश निरौलाले आफ्नी माता नरमाया निरौलाकी नाममा डोनेट गरेका छन्। यसरी नै प्लेयर अव् द टुर्नामेण्ट हुने खेलाड़ीलाई आधा तोला सुन प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *