पाकिम: नाम्चेबुङ समष्टिका विधायक तथा मानव उत्थान सेवा समितिका अध्यक्ष एम प्रसाद शर्माले आज बस्नेत गाउँमा निर्माणाधिन मानव धर्म मन्दिर एवं ध्यान केन्द्रको भ्रमण गरे। यस अवसरमा विधायकले निर्माणकार्यको जायजा लिनुको साथै अभियन्ता अनि मन्दिर कमिटीका सदस्यहरूसित पनि कुराकानी गरे। उल्लेखनीय छ, यस मन्दिरको निर्माणकार्यलाई सिक्किम सरकारको संस्कृति विभागले प्रायोजन गरेको छ। मन्दिरको निर्माणकार्य वर्ष २०१८ देखि आरम्भ भएको हो।











