दोदकमा ६९औं सहकारी सप्ताह पालन

IMG-20221118-WA0339.jpg

गान्तोक: दोदक दुध उत्पादक सहकारी समितिले ६९औं अखिल भारतीय सहकारी सप्ताह २०२२ लाई केन्द्र गर्दै आज सम्बन्धित समितिका दुध उत्पादक कृषकहरुलाई लिएर कार्यक्रम सम्पन्न गर्‍यो। कार्यक्रममा सिक्किम मिल्क युनियनमा सोरेङ जिल्लाबाट प्रतिनिधित्व गरेका बोर्ड अफ् डाइरेक्टर डीआर शर्माको विषेश उपस्थिति थियो। उनको साथमा सिक्किम मिल्क यूनियनका निरीक्षक जेपी गुरुङ, दोदक दुध उत्पादक सहकारी समितिका अध्यक्ष तेञ्जिङ शेर्पा, सचिव जेम्स छिरिङ गुरुङ र ग्वालाहरुको उपस्थिति थियो। उल्लेख्य, देशको सहकारिता मन्त्रालयको अगुवाइमा राष्ट्रव्यापी ६९औं अखिल भारतीय सहकारी सप्ताह गत १४ नोभेम्बरदेखि २० नोभेम्बरसम्म पालन गरिरहेको छ। देशको प्रथम प्रधानमन्त्री स्व. पण्डित जवाहरलाल नेहरुको जन्म तिथिलाई स्मरण गर्दै राष्ट्रस्तरमा १४ नोभेम्बरदेखि सहकारी सप्ताह पालन गरिन्छ। यता सिक्किममा पनि विभिन्न सहकारी समितिहरुले ६९औं अखिल भारतीय सहकारी सप्ताह पालन गरिरहेको छ। सहकारिताको उदेश्य, भूमिका, महत्त्व र प्रौद्योगिकी उन्नयन र स्टार्ट अपलाई बढाउने विषय लिएर कार्यक्रम आयोजना गऱ्यो। सहकारिताको क्षेत्रमा केन्द्र र राज्य सरकारले कृषकहरुलाई दिइरहेको सुविधा अनि ग्रामीण स्तरसम्मका व्यक्तिलाई योजनाको फाइदा पुग्न सकोस् भन्ने यस सहकारी सप्ताहको औचित्य हो। यसबाट प्रत्येक व्यक्तिलाई सामाजिक आर्थिक विकास पुग्न सकोस् भन्ने मन्त्रालयको उद्देश्य रहेको छ। पुञ्जीवादी र साम्यवादी अर्थव्यवस्थाको विकल्प सहकारी क्रान्ति नै प्रमुख हतियार हो भन्ने नारालाई आत्मसाथ गर्दै सहकारिताको माध्यमबाट कृषकहरुलाई कृषि र संबद्ध क्षेत्रहरु पोल्ट्री, डेयरी, मत्स्य पालनमा नवीन परियोजनातर्फ प्रोत्साहित गराउनु रहेको छ। यसरी नै व्याङ्कहरूको माध्यमबाट सञ्चालित योजनाहरुको पनि कृषकहरुलाई जानकारी गराइनु हो।

आजको कार्यक्रममा राज्यका राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेम सिंह गोलेद्धारा जारी सन्देश पनि पठन गरियो। आज नै दोदक दुग्ध संग्रह केन्द्रमा सहकारिताको झण्डा पनि सिक्किम मिल्क यूनियनका बोर्ड अफ् डाइरेक्टर डीआर शर्माले उत्तोलन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *