बलाराम अधिकारी जिल्ला पञ्चायत अध्यक्ष अनि देवी माया प्रधान उपाध्यक्ष निर्वाचित

IMG-20221118-WA0338.jpg

गान्तोक: साम्दोङ-कामबल टेरिटोरियलका जिल्ला पञ्चायत सदस्य बलाराम अधिकारी गान्तोक जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष निर्वाचित भएका छन्। आज गान्तोक जिल्लाका जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी रघुल के-को अध्यक्षतामा जिल्ला पञ्चायतहरूको एक बैठक सम्पन्न भएको थियो। बैठकको मुख्य उद्देश्य जिल्ला अध्यक्ष अनि उपाध्यक्ष निर्वाचित गर्नु रहेको थियो। राज्य चुनाउ आयोगद्वारा जारी आरक्षणअन्तर्गत गान्तोक जिल्लाबाट अध्यक्ष ओबीसी, राज्य अनि उपाध्यक्षको निम्ति महिला ओबीसी, राज्य रहेको थियो। निर्वाचन प्रणालीद्वारा बलाराम अधिकारी गान्तोक जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष अनि सामलिक-नाम्लीका देवी माया प्रधान जिल्ला उपाध्यक्ष निर्वाचित भएका छन्।

आजको कार्यक्रममा सह-चुनाउ अधिकारी एवं अतिरिक्त जिल्लापाल तुषार निखारे लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी रघुल के-ले निर्वाचित सबै जिल्ला पञ्चायत प्रतिनिधिहरूलाई बधाई दिए। गान्तोक जिल्लामा एक राम्रो प्रकारको स्थापित प्रशासनिक, लेखा अनि अभियान्त्रिकी सेल रहेको उल्लेख गर्दै सबै निर्वाचित सदस्यहरूलाई राज्यको विकासहेतू सामूहिक रूपमा कार्य गर्नुपर्ने जिल्लापालले विचार पोखे।

जिल्ला पञ्चायत अध्यक्ष निर्वाचित भएपछि बलाराम अधिकारीले सबै जिल्ला पञ्चायत प्रतिनिधिहरूलाई धन्यवाद दिए। उनले सबै नियम पालन गर्ने अनि जनता अनि समाजको हितमा आफूलाई दिएको क्षमताको प्रयोग गर्ने कटिबद्धता जनाए।

यसपछि नवनिर्वाचित जिल्ला अध्यक्ष अनि उपाध्यक्षलाई उनीहरूको चेम्बरसम्म सम्मानपूर्वक पुऱ्याउने कार्य गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *