वार्ड पञ्चायत राजु राईसँगै उनका समर्थकहरू एसकेएम पार्टीमा सामेल

IMG-20221118-WA0335.jpg

गान्तोक: राज्यमा पहिलोपटक पार्टीविहीन पञ्चायत चुनाउ सौहार्द्रपूर्ण वातावरणमा समाप्त भएपछि सबै जिल्ला अनि वार्ड पञ्चायतहरू क्षेत्रको विकासहेतू कटिबद्ध रहेको देखिँदैछ। यसै क्रममा आज मार्तम-रूम्तेक समष्टि अन्तर्गत लोवर लिङदोमका विजयी वार्ड पञ्चायत उम्मेदवार राजु राई आज आफ्ना समर्थकहरूसँग क्षेत्रको विकास राज्य सरकारसँग मिलेर गर्ने निधो गर्दै सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भए। एसकेएम पार्टी मुख्यालयमा उनीसँगै उनका समर्थकहरूलाई एसकेएम सांगठनिक उपाध्यक्ष प्रभारी ललित शर्माले खदार्पण गरी पार्टीमा स्वागत जनाए।

आफू पहिला एसडीएफ पार्टीसँग आबद्ध रहेको उल्लेख गर्दै वार्ड पञ्चायत राजु राईले वर्तमान सरकारद्वारा पार्टीविहीन पञ्चायत चुनाउ गराउने जुन कार्य गरियो सो कार्यकै फलस्वरूप आफू पनि पञ्चायत बन्न सफल भएको बताए। विगत सरकारमा रहेको पार्टीगत पञ्चायत चुनाउ प्रणालीमा पार्टीले उम्मेदवार दिने गरेको स्मरण गर्दै आफूलाई मन लागे पनि नलागे पनि पार्टीको उम्मेदवारलाई भोट लगाउनै पर्ने बाध्यता रहेको बताए। यसको ठीक विपरीत पार्टीविहीन पञ्चायत चुनाउमा गाउँवासीले स्वतन्त्र रूपमा भोट दिन पाएको बताए। उनले क्षेत्रवासीलाई आफ्नो चुनाउ घोषणा पत्रमा उल्लिखित कार्यहरू सरकारसँग मिलेर पूरा गर्ने बताएका छन्। लोवर लिङदोम राजधानी गान्तोकदेखि नजिकै रहे पनि विकासको मार्गमा धेरै पछाड़िएको महसुस गर्दै उनले क्षेत्र अनि क्षेत्रवासीको हितमा सबैसँग सर-सल्लाह गरेर यो निर्णय लिएको बताएका छन्।

एसकेएम सांगठनिक उपाध्यक्ष, प्रभारी ललित शर्माले आज सामेल हुने सबैलाई स्वागत जनाउँदै एसकेएम पार्टीको नेतृत्वमा रहेको राज्य सरकारले पार्टीविहीन पञ्चायत चुनाउ गराउने निर्णयकै फलस्वरूप हाल राज्यमा नवनिर्वाचित जिल्ला अनि वार्ड पञ्चायतहरू ती क्षेत्रका युवा अनि योग्य व्यक्तिहरू बन्न सफल भएको विचार पोखे। पार्टीविहीन पञ्चायत चुनाउको परिणामस्वरूप राजु राईजस्ता योग्य युवा आज पञ्चायत बन्न सफल भएको उनले बताए। यो परिवर्तनको पहिलो खुड़किलो रहेको उनले विचार पोखे। यस्ता ऊर्जावान, योग्य युवाहरू मिलेर नै राज्यलाई विकासको मार्गमा अघि लैजानुपर्ने उनले आह्वान गरे। आजको कार्यक्रममा गान्तोक नगरनिगमका मेयर एवं एसकेएम महासचिव प्रभारी निलबहादुर छेत्री, एसकेएम मुख्यालयका महासचिव पवन गुरुङ, जोन-१ का उपाध्यक्ष प्रभारी एवं खादी बोर्डका अध्यक्ष छुङछुङ भोटिया, एसकेएम सांगठनिक महासचिव प्रभारी कर्मा थेण्डुप भोटिया, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङ्चुक लेप्चा उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *