सहुलियत सहितको बिजुलीको बिल तिर्ने जीटीए चिफ पिआरओ को निवेदन

IMG-20221118-WA0240.jpg

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ पिआरओ (पब्लिक रिलेशन अफिसर) चयन भएका एसपी शर्माले पत्रकारहरुसंग बोल्दै यो समय सोसियल मिडियामा उठेका कतिपय मुद्दामाथि स्पष्टीकरण दिएका छन्। आन्दोलनकालमा विमल गुरुङको निर्देशमा जीटीए क्षेत्रका बिजुली उपभोक्ताहरुले बिजुलीको बिल तिरेका थिएनन्। तर आज आएर १० हजारको बिजुलीको बिल ४० हजार पुगेको छ। गत महिना मात्र राज्य सरकारले द्वारे सरकार पहलमार्फत् उपभोक्ताले यदि एक मुष्टमा बिजुलीको बिल तिरेको खण्डमा उपभोक्तालाई ५०% रकम माफ अनि जरिमाना १००% माफ हुने नोटिफिकेसन जारी गर्यो। तर यी विषयलाई लिएर विमल गुरुङ अनि अजय एडवर्ड्ले जनतालाई बिजुली बिल नतिर्ने भनी आव्हान गरेको भन्दै
यस विषयलाई टिपेर एसपी शर्माले भने, ” नेताहरुको बयान जनतालाई भ्रममा पार्ने बयान हुन्। यहाँ नेताहरुको स्वार्थ लुकेको छ।’
शर्माले भने, “बिजुली बिल अहिले ३ देखि ४ गुणा बढेर गएको छ। यो समस्यालाई भागोप्रमोले राज्य सरकारसंग राख्यो। त्यसै अनुरूप सरकारले द्वारे सरकारमा पहल गरेर उपभोक्तालाई सुविधा प्रदान गरेको छ।”
उनले नेताहरुको बयानमाथि टिप्पणी गर्दै भने, “स्वार्थ प्रेरित नेताहरूले बिजुलीको बिल नतिर्नु भन्दैछन्। आजको दिनमा यदि जनताले सरकारले दिएको सहुलियत अनुसार तिरेन भने भोलिको दिन जरिमानासहित तिर्नु पर्नेछ। त्यो समय यी स्वार्थीनेताहरूले बिजुलीको बिल तिर्ने छ? के फेरि सरकारले यस्तो सुविधा दिनेछ? नेताहरूले जनतालाई दिग्भ्रमित गर्दैछन्।सरकारले दिएको सुविधाको उपभोग गर्नुहोस। सरकारले बिजुली बिल माफी गरेको छैन।”
घरी घरी चर्चामा आउने चेयरम्यान रिलिफ फण्ड विषय शर्माले भने, “फण्ड ब्याङ्कमा सुरक्षित छ। ट्रेड युनियनका नेतृत्वहरु अनि श्रमिकहरू संग सरसल्लाह गरेर फण्ड को प्रयोग हुनेछ। फण्ड सदुपयोग श्रमिक भवनको निर्माण हो। ७० हजार श्रमिकलाई २ करोड पैसा बाड्नु पर्दा हरेक श्रमिकले कति पो पाउला?”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *