सिक्किम विश्वविद्यालयको छैंटौं दीक्षान्त समारोह

IMG_20221118_224237.jpg

गान्तोक: आज राजधानीको मनन केन्द्रमा सिक्किम विश्वविद्यालयको छऔं दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो। आजको दिक्षान्त लमारोहमा मुख्य अतिथिको रुपमा राज्यपाल गंगाप्रसाद उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा शिक्षामन्त्री कुङ्गा निमा लेप्चा उपस्थित थिए। छऔं दिक्षान्त समारोहमा १४६ जनालाई स्वर्ण अनि रजत पदक प्रदान गरियो जसमा ९३ जना महिला विद्यार्थीहरू रहेका छन्। यसको अतिरिक्त तीन आईसीएआई मेरिट पदक, तीनवटा प्राधअयापक समिरा माइति स्वर्ण पदक अनि तीनवटा शिताराम जिन्दल फाउण्डेशन स्वर्ण पदक प्रदान गरियो। दिक्षान्त समारोहलाई कुलपति लेफ्टिनेन्ट जनरल डा. डीबी शेखात्करले अध्यक्षता गरेका थिए। समारोहअवधि उप कुलपति अभिनास खरेले विश्वविद्यालयको रिपोर्ट पेश गरे। आगामी २८ नोभेम्बरसम्ममा भुटिया, लेप्चा अनि लिम्बू विभागलाई याङगाङमा स्थान्तरण गरिने पनि उनले जानकारी गराए।

आजदेखि शुरु भएको दिक्षान्त समारोह आगामी २० नोभेम्बरमा समापन हुनेछ जसमा १२,६६१ विद्यार्थीहरूलाई डिग्री प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *