सरकारी माध्यमिक विद्यालयका कम्प्यूटर शिक्षकमाथि विद्यालयका नाबालिग नानीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप

Rape-Representational-Image-1-1

गान्तोक: सरकारी माध्यमिक विद्यालयका कम्प्यूटर शिक्षकमाथि विद्यालयका नाबालिग नानीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उक्त घटना तिमी पुलिस थाना क्षेत्र अन्तर्गत भएको हो। यस घटनाको सम्बन्धमा आरोपित शिक्षक विरूद्ध पोक्सो अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।
पुलिस रिपोर्टअनुसार, उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूले बिहीवार सामूहिक रूपमा प्राथमिकी दर्ता गरेका छन्। उनीहरूले विद्यालयका कम्प्यूटर शिक्षकमाथि आफ्ना नानीहरूमाथि विगत दुई महिनादेखि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। नानीहरूले बुधवार आफ्ना अभिभावकहरूलाई उक्त घटनाबारे बताएको रिपोर्टमा उल्लेख छ। शिकायतको आधारमा पुलिसले आरोपित शिक्षक विरूद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement