गान्तोक: आगामी २० नोभेम्बरको दिन केन्द्रिय शिक्षा राज्य मन्त्री डा. सुभाष सरकार सिक्किमको तीनदिने भ्रमणमा पश्चिम सिक्किम अन्तर्गत गेजिङ आइपुग्नेछन्। सिक्किम भ्रमणको क्रममा डा. सरकारले याङगाङस्थित सिक्किम विश्वविद्यालय परिसरको पनि भ्रमण गर्दै सिक्किम विश्वविद्यालयका अधिकारीहरूसँगको समीक्षा बैठकको अध्यक्षता गर्नेछन्। यसपछि २२ नोभेम्बरको दिन राज्य मन्त्री डा. सरकार दिल्लीको निम्ति प्रस्थान हुनेछन्।