आगामी पाँच वर्षको निम्ति सफल अनि फलदायी कार्यकालको भाजपा सिक्किमद्वारा हार्दिक बधाई र शुभकामना

dal-1581779468.jpg

गान्तोक: हालैमा सम्पन्न भएको पञ्चायत चुनाउमा विजयी ग्राम तथा जिल्ला पञ्चायत सदस्यहरूप्रति भारतीय जनता पार्टी, सिक्किमले हार्दिक बधाई दिँदै आगामी पाँच वर्षको निम्ति सफल अनि फलदायी कार्यकालको शुभकामना व्यक्त गरेको छ।
भाजपा सिक्किमका अध्यक्ष डीबी चौहानले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, ‘यसपल्ट स्वतन्त्र रूपमा भएको पञ्चायत चुनाउमा राजनीतिदेखि पर रहेर विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूले पनि खुला रूपमा आफ्नो उम्मेद्वारिता दिँदै पञ्चायत चुनाउमा वर्चस्व कायम गरेका छन्। पञ्चायति राजलाई भारतीय संविधानमा स्थानीय स्वराज अथवा स्थानीय सरकार मानिन्छ जोसँग आफ्नो गाउँ-समाजको आर्थिक विकास, सामाजिक न्याय सुदृढ़ीकरण साथै केन्द्र तथा राज्य सरकारका योजनाहरूलाई प्रभावी ढंगमा प्रत्येक जनताको घर-दैलोसम्म पुऱ्याउने महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ।’

उनले अझ भनेका छन्, ‘यसपल्टको पञ्चायत चुनाउमा धेरै मात्रामा स्वतन्त्र रूपमा खड़ा भएर अराजनैतिक व्यक्तित्वहरू पनि आफ्नो गाउँ-समाजको विकासको निम्ति अघि आएका छन्। विगत लामो समयदेखि राजनीतिक रूपमा हुँदै आएको पञ्चायती व्यवस्थालाई पुनः स्वच्छ अनि निष्पक्ष व्यवस्था निर्माण गर्न यी स्वतन्त्र पञ्चायतहरूको भूमिका महत्वपूर्ण रहनेछ। लामो समयदेखि राजनीतिक भेदभावमा परेर सरकारी सहुलियत तथा सुविधाहरू पाउनबाट वञ्चित रहेको तप्कालाई पनि अबको स्वतन्त्र पञ्चायति व्यवस्थाले निष्पक्ष रूपमा न्याय दिनेछ भन्ने राज्यवासीले आशा साँचेका छन्।’

उनले नवनिर्वाचित पञ्चायतगणले जनता र सिक्किमेली समाजको आशा र आकांक्षालाई सर्वोपरी राखेर आगामी पाँच वर्ष काम गर्नेछन् भन्ने कामना गर्दै सम्पूर्ण नवनियुक्त जिल्ला अध्यक्षगण, जिल्ला उपाध्यक्षगण, जिल्ला पञ्चायत सदस्यगण साथै ग्राम पञ्चायत सदस्यगणलाई सफलताको शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement