कतारमा पाकिस्तानी सैनिक बन्यो फुटबल टिमको ‘अंगरक्षक’

00-FIFA-World-Cup

दोहा: कतारले यस पटक फिफा विश्वकप २०२२ आयोजना गर्दैछ। उनले प्रतियोगिताको सुरक्षामा पाकिस्तानबाट सहयोग लिइरहेका छन्। पाकिस्तानले विश्वकपको सुरक्षाका लागि कतारमा ४५०० सैनिक पठाएको छ। कतारले फ्रान्स, जोर्डन, टर्की, बेलायत र अमेरिकालगायत धेरै देशसँग सुरक्षा बलको सहयोग मागेको थियो। फुटबल विश्वकप हेर्न कतारमा १२ लाख फ्यान पुग्न सक्ने अनुमान गरिएको छ, उनीहरुको सुरक्षालाई ध्यानमा राख्दै कतारले देशहरुलाई यस्तो माग गरेको हो। फिफा विश्वकप २० नोभेम्बरदेखि शुरु हुँदैछ। दोहामा आफ्नो पैदल सैनिक पठाउने एकमात्र देश पाकिस्तान हो। हालैका हप्तामा ४५०० पाकिस्तानी पैदल सेना कतार पुगेका छन्। द टेलिग्राफसँग कुरा गर्दै पाकिस्तानका एक वरिष्ठ सैन्य अधिकारीले कतारी अधिकारीहरूसँग मिलेर सुरक्षाका लागि स्थलभित्र र बाहिर सेना तैनाथ गरिने बताए। होटलमा रहेका फुटबल टिमको सुरक्षाको जिम्मा पनि सशस्त्र सैनिकको हुनेछ।

विदेशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरक्षाका लागि पाकिस्तानी सैनिक तैनाथ गरिएको यो पहिलो पटक हो। कतारबाट २ अर्ब डलरको लगानीपछि अगस्टमा पाकिस्तानले विश्वकपको सुरक्षाका लागि कतारमा आफ्ना सेना पठाउने घोषणा गरेको थियो। फिफाको सुरक्षा टोलीले कतार जानुअघि पाकिस्तानी सैनिकलाई तालिम दिएको थियो। फिफा टोलीले सैनिकहरूलाई रंगशालाबाट बाहिरिने र प्रवेश गर्ने, फुटबल टोलीको सुरक्षा र प्रतियोगिताका अन्य सुरक्षा पक्षहरूबारे जानकारी गराएको थियो। कतारले २०१० फिफा विश्वकप जितेर सन् २०१४ मा अनिवार्य सैन्य सेवा सुरु गरेको थियो। यसअन्तर्गत १८ देखि ३५ वर्षका पुरुषलाई चार महिना सेनामा सेवा गर्न भनिएको थियो। सेप्टेम्बरमा कतारले अनिवार्य सैन्य सेवा र सुरक्षा चौकीहरू संचालन गर्न विदेशबाट आफ्ना सयौं नागरिकहरूलाई फिर्ता बोलायो। कतारको सेना र पुलिसको संख्या निकै कम भएकाले सुरक्षाका लागि अन्य देशको सहयोग लिनुपर्ने बाध्यता छ।

About Author

Advertisement